-आनन्दराम पौडेल । आज अकिञ्चनका नातिहरू साथी बटुल्दै खेल्न गएनन्; हजुरबुबासँगै बसे। हजुरबुबाले आफ्नो पालाको जनजीवन, सभ्यता र जीवनशैलिका रोचक प्रसङ्गहरू सुनाए।

पुरानो जीवन सुनिसकेपछि नातिले प्रश्न गर्यो – “हजुरबुबा हाम्रो नातिको पालासम्म यो संसार कस्तो हुनजाला ?”

हजुरबुबा एकछिन घोत्लिए र बताउनथाले।

“तिमीहरूको नातिपुस्तासम्म आइपुग्दा सामाजिक संरचना र समाजको गभर्निङ रुलहरू पूरै बदलिनेछन्। विवाह अनावश्यक ठानिनेछ।

ब्लड-रिलेशन निरर्थक हुने भएकाले नाता-कुटुम्बहरूको अस्तित्व रहने छैन। दुइ वटा मात्र सम्बन्ध बाँकि रहने छ - जैविक आवश्यकताको सम्बन्ध र प्रोफेशनल सम्बन्ध।

विश्वमै छाडा देशमा नेपाल अग्रणि हुनेछ। भारतका केही भाग र साउथ इण्डियामा मात्र वैदिक सभ्यताको अस्तित्व बाँकि रहने छ। भूकम्पको इपीसेण्टर भएजस्तै वैदिक-सभ्यतालाइ नष्टभ्रष्ट गर्ने इपीसेण्टर बलिउड हुनेछ।

बलिउडका महेश भट्ट र अहिलेका सुपर-हिरो सलमान खान आदर्शपुरुष हुनेछन्।

त्यही चरित्र र संस्कारलाइ नेपालमा फैलाउन धीरेन्द्र शाह (अधिराजकुमार), प्रकाश दाहालहरूले पूरै कोशीस गर्नुभएको थियो।

धीरेन्द्र शाह र प्रकाश दाहालको योगदानलाइ कदर गर्दै अन्नपूर्ण राणा (श्रुतीकी आमाज्यु), पारस शाह, उषाना लैला बुबाशाह भनेर चिनिने उषना लीला शाह (धीरेन्द्र शाहकी कनिष्ठ सुपुत्री), भूवन केसी, अर्चना पनेरू, ज्योति मगरहरूले दिलोज्यान लगाउनुहुनेछ।

मानवसभ्यता कस्तो हुँदैछ भनेर देवी भागवतमै बर्णन गरिएको छ। स्वच्छ ब्रह्मले हेर्ने दृष्टिकोण र उच्च बिवेकको ब्यवहार पाइने छैन। मान्छेहरू ब्यभिचारी हुनेछन्, हाडनाता-करणी सामान्य हुनेछ तथा जालि-फटाहा, धूर्तहरूको शासन चल्नेछ भनेर देवी भागवतमा प्रक्षेपण गरिसकिएकै छ।

द्रुततर गतिमा टेक्नोलोजिको विकास भैसक्नेछ। जसरी घाम र हावा सर्वसुलभ छ, त्यस्तै इन्टरनेट सर्वसुलभ हुनेछ। प्रविधिको द्रुत विकाससँगै मानवसभ्यताले डिजिटल युगमा प्रवेश गर्नेछ। अधिकांश मानिस डिजिटल प्रयोगमा शिपालु हुनेछन्। जनजीवन, कार्यशैलि र जीवनपद्धति पूरै इन्टरनेटमा आधारीत हुनेछ।

सवारीसाधनको प्रयोग अत्यधिक बढ्ने छ। सेन्सरबेस्ड सेल्फ ड्राइभिङ भेहिकल हुनेछ। कारलाइ ड्राइभरले चलाउनुपर्ने छैन। कारमा गन्तव्य सेटिङ गरेर आरामले सुत्नेछन्; कार आफैं चल्ने छ र कारले गन्तब्यमा पुर्याइदिनेछ। सवारीसाधनमा इन्धनको प्रयोग कम हुनेछ। पेट्रोल-डिजेलको सट्टामा हाइड्रोजन इन्धनको प्रयोग गर्नेछन्।

रोबोटको प्रयोग अत्यधिक हुनेछ। मान्छेका आधा काम रोबोटले गर्नेछ। जनजीवनका सबै काम इन्टरनेटमा आधारीत डिजिटल हुनेभएसँगै ह्याकरहरु बढ्नेछन्। साइबरक्राइम अत्यधिक बढ्ने छ।

स्वास्थ्य उपचारमा क्रान्तिकारी छलाङ मार्नेछ। क्यान्सर जस्ता जटील रोगका निदान भैसक्नेछ। जनसंख्या बढेर ११ अरब पुग्नेछ। चीनको भन्दा भारतको जनसंख्या बढी हुनेछ। तर दृष्टिदोष व्यापक हुनेछ। त्यसबेलाका मान्छेमा निकट दृष्टिदोष बढ्ने छ र टाढाको पनि धमीलो देख्नेछन्।

अन्तरीक्षयात्रा बढ्ने छ। कतिपय ग्रहमा मानव बस्तिको विकास भैसक्ने छ।

जनजीवन, जीवनशैलि र जीवनपद्धति पूरै बदलिनेछ। आरामदायी जीवन हुनेछ। तर अविकसित राष्ट्रको लागि कठीन स्थिति नै हुनेछ।

मौसमको प्रणालि बदलिनेछ। हिमसृङ्खला पग्लिने छ। समुन्द्रको सतह धेरै बढ्ने छ। कतिपय आइल्याण्ड डुब्नेछन्। खानेपानीको हाहाकार हुनेछ। प्राकृतिक प्रकोप बढ्ने छ र त्यस्बाट जोगिने उपायको खोजि गर्नेछन्।

समग्रमा उषाना लैला बुबाशाहहरूले निर्माण गर्ने सभ्यता नै तिमीहरूको पनाति पुस्ताको सभ्यता हुनेछ। ३५-४० बर्षपछिको मानवलोकको चित्र छर्लङ्ग बर्णन गरी हजुरबुबा मौन भए।

सोमबार, अगष्ट 01, 2022

सम्बन्धित खबरहरु