काठमाडौं । एकै परिवारका चारको हत्या गरिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–२ तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित भीमसेन टोलका चारजनाको शव विभत्स अवस्थामा फेला परेको हो ।

 

सोमबार बिहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे, उनका छोरा ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव विभत्स अवस्थामा फेला पारिएको प्रहरीले जानकारी गराएको छ ।

बिहान विद्यालयको गाडी लिन आएको बेला कोही पनि बाहिर ननिस्किएपछि घटनाबारे जानकारी भएको थियो ।

विद्यालयको गाडीले पटकपटक हर्न बजाउदा पनि कोही बाहिर नआएपछि छिमेकीले मूल ढोका ढकढक्याए, तर कसैले पनि ढोका नखोलेपछि प्रहरीलाई जानकारी दिइयो । प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको हो ।

प्रहरीले घटनास्थलमा बाहिरी मानिसलाई प्रवेश गर्न दिएका छैन । प्रारम्भिक जानकारी अनुसार श्रीमानले श्रीमती र बच्चाहरुको हत्या गरेर आत्महत्या गरेको जस्तो देखिएको छ ।

घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने कुरा खुलेको छैन् । छिमेकीका अनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।

दिनेशले पदमसाल चोकमा मोवाइल पसल सञ्चालन गर्दै आएका थिए । श्रीमान र श्रीमतीबीच सम्बन्ध राम्रो थिएन्, उनीहरु पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीकहाँ पुगेका पनि थिए ।

सम्बन्धित खबरहरु