काठमाडौं । चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ ले दर्शकहरुसँग माफी माग्नु भएको छ ।

हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ को ट्रेलर विवादमा परेपछि माग्ने बुढाले माफी माग्दै विवादित दृश्य हटाएको जानकारी गराउनुभयो ।

भगवान शिवलाई गलत्त रुपमा प्रस्तुत गरिएको दृश्य अन्जानवश आएको उहाँको भनाई रहेको छ ।

कलाकार घिमिरेले आफूहरुबाट गल्ती भएको भन्दै फेसबुकमार्फत दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जानकारी गराउनु भएको हो ।

आइतबार साँझ सार्वजनिक १०औँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र कलाकार केदार घिमिरेको चर्को विरोध भैरहेको थियो ।

आदरणीय दर्शक तथा शुभचिन्तकज्युहरुमा नमस्कार ।
हामिले मिडिया हब मार्फत निर्माण र AP1 तथा Media Hub युट्युब Channel बाट प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेब महादेबलाई लिएर बनाइएको बिषय बस्तु प्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रिया प्रती हाम्रो ध्यानाकर्षण भएको छ ।

अन्जान मै हामी बाट भएको त्रुटि प्रती सम्पूर्ण दर्शकज्युहरु समक्ष हामी क्षमा माग्दछौ । साथै हामिले सम्पूर्ण दर्शक ,शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषयबस्तुलाई युट्युब / टिकटक / फेसबुक सबैतिर बाट हटाइ सकेका छौ। बम बम भोले । जय भोले ।
केदार प्रसाद घिमिरे
निर्देशक
कार्यक्रम कमेडी हब

सम्बन्धित खबरहरु