काठमाडौं । विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ ।
घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।
देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ ।
दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।
कम्बोडियाका गाउँमा पनि ८० प्रतिशतलाई पनि शुद्ध पानी उपलब्ध
कम्बोडियाका ग्रामिण क्षेत्रमा बस्ने ८० प्रतिशत जनतालाई पनि शुद्ध खानेपानीको व्यवस्था रहेको छ ।
यसअघि पाँच बर्ष पहिले भने ७० प्रतिशतलाई यस्तो सुविधा रहेकोमा अहिले १० प्रतिशत बढेर ८० प्रतिशत भएको हो ।
कम्बोडियोको ग्रामिण विकास मन्त्रालयका सचिव चुर्ण थेराभाटले २०० ओटा पानी वितरण प्रणाली निर्माण गरिएको जानकारी दिनुभयो ।
ग्रामिण क्षेत्रमा चार लाख ३३ हजार १४ ओटा शौचालय र ११ हजार १९८ ओटा हात धुने ठाउँ निर्माण गरिएको बताउनु भयो । यीनीहरु विषेश गरी सार्वजनिक विद्यालयमा बनाइएको पनि उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सचिव थेराभाटले भन्नुभयो, “सन् २०२५ सम्ममा हामीले ग्रामिण क्षेत्रका सबैलाई शुद्ध पिउने पानीको व्यवस्था गर्ने लक्ष्य राखिएको छ, त्यस तर्फ काम भइरहेको छ ।” चिनियाँ सहयोगमा ग्रामिण क्षेत्रमा शुद्ध खानेपानी पु¥याउने परियोजना सन् २०१७ को अन्त्यदेखि सुरु भएको हो ।