सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातसम्म ४४ हजार छ सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९८ लाख २० हजार सात सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ । अघिल्लो दिन ७३ हजार पाँच सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरूमध्ये, चार सय ३६ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४४ हजार सात सय ५६ जना कोरोनामुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८७ पुगेको छ । यस अवधिमा थप २१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कूल सङ्ख्या २५ हजार ६८ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ । (सिन्ह्वा)

श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू

श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो ।

क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।

देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यस बारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताउनु भयो ।
उहाँले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक्तहरुलाई अनुरोध गर्नु भएको छ । सरकारले उपभोक्तको चापका आधारमा हरेक पेट्रोल पम्पलाई इन्धनको कोटा निर्धाण गरेर कोटा अनुसारको इन्धन उपलब्ध गराएको छ ।

सम्बन्धित खबरहरु