काठमाडौं । श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ ।

इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो ।

क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।

देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यस बारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताउनु भयो ।

उहाँले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक्तहरुलाई अनुरोध गर्नु भएको छ ।

सरकारले उपभोक्तको चापका आधारमा हरेक पेट्रोल पम्पलाई इन्धनको कोटा निर्धाण गरेर कोटा अनुसारको इन्धन उपलब्ध गराएको छ ।

अफगानिस्तानलाई मानवीय सहायता
अफगानिस्तानले चार करोड अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको छ । प्राप्त गरेको सो रकम देशको एक वाणिज्य बैंकमा जम्मा गरिएको केन्द्रीय बैंकले सोमबार एक विज्ञप्तिमार्फत जनाइएको छ ।

अफगानिस्तानलाई विभिन्न देश तथा संस्थाबाट प्राप्त मानवीय सहायता शृंखलाको एक भागको रूपमा चार करोड अमेरिकी डलर नगद अफगान राजधानी काबुल आइपुगेको र अफगानिस्तान इन्टरनेशनल बैंकमा हस्तान्तरण गरिएको ‘द अफगानिस्तान बैंक’ (डिबिए) ले जानकारी दिएको छ ।

अफगानिस्तानले सहयोग उपलब्ध गराउँदै आएका अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिँदै डीबीएले नगद सहयोग पारदर्शी रूपमा खर्च गरिने बताएको छ ।

युद्धग्रस्त देशलाई सम्भावित आर्थिक सङ्कटबाट रोक्न तथा अत्यावश्यक खाद्यान्न लगायतको सहयोगका लागि विदेशी दाताहरुले सहयोग गर्दै आएको बताइएको छ ।

सम्बन्धित खबरहरु