काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १६ हजार चार सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाखमा ३६ हजार दुई सय ७५ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय सङ्क्रमित छन् ।

यसैगरी १९ हजार छ सय ७३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३३ लाख ६५ हजारभन्दा बढी पुगेको छ ।

कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार तीन सय ९६ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

सम्बन्धित खबरहरु