काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध काठमाडौँमा विशाल प्रदर्शन गरेको छ ।

एमालेका नेता–कार्यकर्ताहरूले आज दिउँसो २ बजे काठमाडौँको बसन्तपुरबाट प्रदर्शन गरेका हुन् ।

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन भएका थिए ।

एमालेले उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा प्रदर्शनलाई व्यापक बनाउन निर्देशन दिएको थियो । सोही अनुसार ठूलो संख्यामा खटिएर प्रर्दशन गरेका थिए ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै एमालेले विरोध प्रर्दशन गरेको विशाल र्यालिपछि आयोजित आमसभामा उल्लेख गरिएको छ ।

सरकारले महँगीलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै वक्ताहरुले आक्रोश व्यक्त गरेका थिए ।

पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध आज साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको थियो ।

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठनको सहभागिता रहेको थियो ।

काठमाडौंका विभिन्न ठाउँबाट शुरू भएको र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता थियो । र्‍याली बसन्तपुर पुगेर टुंगिएको थियो ।

https://youtu.be/ZxFwxOF2UCE

 

सम्बन्धित खबरहरु