चितवन । पूर्वी चितवनको रत्नननगर नगरपालिकाको सौराहा क्षेत्र नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।

खगेरी खोलामा आएको बाढी पस्द नगरपालिकाको वडा नम्बर ७ र ८ मा रहेका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेको त्यहाँका स्थानीयहरुले जानकारी दिएका छन् ।

खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाती छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बीगबोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेका छन् ।

बाढीले वडा नम्बर ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । रत्ननगर–७ मा रहेको रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।

डुबानमा होटल
चितवनको रत्ननगर नगरपालिका–८ स्थित बाघमारा क्षेत्रमा बाढीका कारण डुबानमा परेको होटल ।

लगातार परेको पानीले राप्ती र खगेरी खोलामा बाढी आउँदा यहाँका आधा दर्जनभन्दा बढी होटल तथा रेष्टुरेन्ट डुबानमा परेका छन् । तस्बिरः कृष्ण आचार्य/रासस

सम्बन्धित खबरहरु