काठमाडौं । अभिनेत्री नीता ढुङ्गाना बिहेपछि निरन्तर चर्चामा रहनु भएको छ ।

बिहे भन्दा पहिले पनि उहाँको चर्चा नहुने गरेको होईन, तर बिहेपछि सञ्चारमाध्यमले उहाँलाई धेरै पछ्यायो ।

यसबीच बिहेपछि अभिनेत्री ढुङ्गाना श्रीमान समेत रहनु भएका ज्योतिष एवं अभिनेता हरिहर अधिकारीसँगै पत्रकार ऋषि धमलाको ‘धमलाको हमला’ मा पुग्नु भएको थियो ।

कार्यक्रममा उहाँहरुले खुलेरै एक अर्काबारे बोल्नुभयो । नीता र हरिहरको लामो प्रेम सम्बन्धपछि विवाह भएको हो । विवाहमा त्यस्तो कुनै खालको तडकभडक थिएन ।

दुलही बन्नु भएकी नीताको अनुहारमा पहिरनले सुन्दरता छाएको थियो । उहाँहरुको बिहेका अन्य केही सिमित कलाकारको उपस्थित रहेको थियो । सेलीब्रेटीको विवाह चर्चामा रहने कुरा नीतालाई सामान्य जस्तै लाग्छ ।

ढुङ्गानका अनुसार अधिकारी पूर्ण श्रीमान हुनुहुन्छ, जसलाई उहाँ पूर्णाङ्क बराबर नै नम्बर दिन रुचाउनुहुन्छ ।

झुट नबोल्ने पुरुष हरेक नारीका लागि प्रिय हुन्छ । यता, हरिहरले अब चाँडै घर परिवार धार्मिक भ्रमणको लागि कैलाश जाने जानकारी गराउनुभयो । हरिहरले पनि नीताको खुलेर प्रशंसा गर्नुभयो ।

छोरी मान्छेमा हुनु पर्ने सबै संस्कार नीतामा भएको अधिकारीको दाबी छ । एक फरक प्रशंगमा एक नाम चलेको ज्योतिषसँग नायिकाको बिहे सहज थिएन्, तर सबै बाधाहरु छिचोलेर विवाह सम्पन्न भयो ।

 

सम्बन्धित खबरहरु