काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेट्दा आफू प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने पहिल्यै जानकारी भएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा डाक्टर द्वाररिकानाथ ढुङ्गेलद्वारा लिखित पुस्तक चक्रव्युहमा जलस्रोत लोकार्पण गर्दै अध्यक्ष ओलीले आफु प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने थाहा हुदाहुँदै पनि देशको पक्षमा आफुले उक्त कदम चालेको बताउनुभएको हो ।

देशको पक्षमा काम गर्दा पद छाड्नुको पीर आफुलाई नरहेको उहाको भनाई छ ।

अध्यक्ष ओलीले एमसीसी सम्झौतालाई आफुले खुल्ला बहसका लागि संसदमा लगेको तर केहिले एमालेले पास गराउन अघि बढाएको आरोप लगाएतको तर्क गर्नुभयो ।

उहाले राष्ट्रिय हितमा राखेर नेपालले जलश्रोतको फाइदा लिने गरि सम्झौता गर्नुपर्ने बताउनुभयो । ओलीले नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिने पनि बताउनुभयो ।

उहाले सम्पूर्ण मानव शक्ति र प्राकृतिक जमिन, पानी हावा, हिमाल, पहाड, मधेसको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खबरहरु