जनकपुरधाम । महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी भएको छ ।

दिउँसो सुरु भएको आगलागीका कारण आसपासमा भागाभाग भएको थियो ।

प्रहरी र स्थानीयबासीको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको छ । आगो निभाउन तीन वटा दमकल प्रयोग गरिएको थियो ।

जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन् ।

आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने देखिएको थियो । बैक सम्म आगो आएपछि निभाउन सफल भएको छ । क्षतिको विवरण अझै आएको छैन ।

हेटौँडा–काठमाडौँ जोड्ने भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध
अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

आज दिउँसो भीमफेदी गाउँपालिका–२ मा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सो सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधन रोकिएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेटौँडातर्फ आउने सवारीसाधन भीमफेदीमा र विपरीत दिशाबाट जाने सवारीसाधन भैँसेमा रोकिएका छन् । उक्त सडकखण्डमा खसेको पहिरो पन्छाउन शुरु गरिएको छ ।

जिल्लाको त्रिभुवन राजपथ, कान्तिलोकपथमा सबै सावारीसाधन सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सम्बन्धित खबरहरु