काठमाडौं । अभिनेता पल शाह जेल परेपछि सबैभन्दा धेरै चर्चामा रहनेहरुको सूचीमा गायक दुर्गेश थापा (दुर्गा बहादुर थापा) पनि पर्छन् ।

चर्चित मोडल समेत रहेका गायक थापाले अभिनेता पललाई फसाएको भन्दै उनको तिव्र आलोचना पनि हुने गरेको छ ।

पल शाह मात्रै नभएर उनी प्रायः हरेक कारण विवाद र चर्चामा रहने गरेका छन् । पल रिहा भएपछि उनले आफैं सबै कुरा बताउने उनको विश्वास छ ।

हालै उनी रंग पत्रकार प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए ।

उनी आफ्नो कुरा राख्नका लागि भन्दा पनि गीत प्रचारका लागि पुगेका थिए । उनको बुझाईमा पल प्रकरणबाट कसैले जितेको छैन्, सबैले हारेका छन् ।

पल आफ्ना लागि घर परिवारको सदस्य जस्तै भएको भन्दै उनीविरुद्ध षडयन्त्र गर्ने मात्रै नभएर सोच्न पनि नसक्ने तर्क गरे । पलका लागि गाली मात्रै नभएर आफू गोली समेत खान तयार भएको उनले बताए ।

उनका गीत पनि विवादबाट टाढा रहन सकेका छैनन् । बिषेश गरेर तीज र दशैं तिहारमा सार्वजनिक हुने गीत विवादमा पर्छन् ।

‘ख्यास पुतली’ बोलको गीतले त उनलाई प्रहरी चौकीसम्म पुर्याएको थियो । थापा आफुलाई स्टेज परफर्मरको रुपमा चिनाउन चाहान्छन् । आफूले सिकेर गीत नगाएको भन्दै आफूलाई गायक नभन्दा पनि न्याय हुने उनको तर्क थियो ।

तर अर्कोतिर दर्शक श्रोताले नै आफूलाई गायक बनाएको कुरा स्वीकार गर्न पनि उनलाई समय लागेन् ।

पल प्रकरणपछि उनलाई धेरै मेला महोत्सवबाट वञ्चित गराइयो । सबैको गालीसँगै हुर्केका कारण आफूले त्यसले कुनै फरक नपार्ने उनको बुझाई रहेको छ ।

आफ्नो हरेक गीतमा कन्ट्रोभर्सी आउनुको कारण आफूले बोल्ने भाषा र दर्शक श्रोताहरुले बोल्ने भाषा फरक भएर हो । उनका अनुसार बागलुङमा ख्यास पुतलीको अर्थ बल्ल खाइस भन्ने हुन्छ ।

सम्बन्धित खबरहरु