काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा यतिबेला बिहेको सिजन चलिरहेको छ ।

हालै अभिनेत्री नीता ढुंगानादेखि लिएर केकी अधिकारीसम्मले बिहे गरेका छन् ।

यसबीच अभिनेता पुष्प खड्कालाई पनि विवाहका लागि दबाब सिर्जना भइरहेको छ । मारुनी, दालभात तरकारी, मंगलमजस्ता धेरै चलचित्रमा अभिनय गरेका खड्का चाँडै वैवाहिक बन्धनमा बाधिने पारिवारिक श्रोत बताउँछ । उनी लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् ।

मोडल समेत रहेका उनका सबै चलचित्रहरुले राम्रो व्यापार गर्न सकेका छैनन्, तर केही भने राम्रो चलेका छन् ।

एकपछि अर्को गर्दै रिलिज हुन लागेका ३ नयाँ चलचित्र र बैवाहिक बन्धनले प्रश्नले उनलाई आफट्यारको पारेको छ ।

कृष्णलिला प्रदर्शनको तयारीमा रहेको छ । निर्माता, निर्देशकदेखि लिएर सबै टिम राम्रो भएका कारण चलचित्र पनि सफल हुने विश्वास उनलाई लाग्छ । कृष्णलिलामा काम गर्ने अवसर पाउँदा आफू भाग्यमानी भएको महसुस भएको कुरा उनले उल्लेख गरेका छन् ।

बिहेको प्रश्नमा उनले भदौ ३ मा मागी विवाह गर्न लागेको जानकारी गराए । तर पछि कुरा घुमाउँदै उनले उक्त मिति आफ्नो चलचित्र कृष्णलिलाको प्रदर्शन मिति भएको भन्दै सच्चाए ।

कुनैबेला प्रेमिकाले गाडी किन्देको प्रशंगमा उनलाई निकै ट्रोल गरिएको थियो । आफूसँग प्रेमिका नै नभएको भन्दै गाडीको कुरा कसरी आयो भन्ने कुरा उनलाई थाहा छैन् ।

सम्बन्धित खबरहरु