काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली साउन महिनाको अति पवित्र सोमबारको साँझको आरतीका लागि श्री पशुपतिनाथ भगवानको मन्दिरमा पुग्नुभएको छ ।

आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा साक्षत भगवान शिव विराजमान भएको जनविश्वास छ । धार्मिक किम्वदन्ती अनुसार साउन महिनामा यस मन्दिरको दर्शन गर्नाले मोक्ष र मनोकांक्षा पूरा हुने विश्वास छ ।

अझ साउन महिनाको सोमबारको दर्शन अति महत्व छ । साँझको आरती झनै महत्व छ । आरतीका लागि हज्जारौ मानिस पशुपतिनाथ पुगेका थिए ।

त्यही क्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओली आरती हुने तर्फ नै पुग्नुभएको थियो । उहाँ त्यहाँ केही बेर बसेर आरती सुन्नुका साथै अवलोकन गर्नुभएको थियो ।

पशुपतिनाथ मन्दिर। काठमाडौंको एउटा कुनामा शताब्दिऔँदेखि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रकको रूपमा परिचित स्थान। पशुपतिनाथ मन्दिर मात्र हैन, यो एउटा स्टेसन हो, एउटा 'हब'। दुःखी सुख र सुखी अझ सुख खोज्न आउने ठाउँ। पापी चोखिन र धर्मात्मा धर्म बढाँउन आउने ठाउँ।

मानौँ यो एउटा यस्तो ठाउँ हो, जहाँ पाप र पुण्यको हिसाब–किताब हुन्छ। कर्म र भाग्य एक आपसमा अन्तिमपटक आमनेसामने हुन्छन्।

शरीर छाडेर अञ्जान यात्रामा निस्कनुअघिको अन्तिम स्टेसन– 'अ लास्ट डिपार्चर।' जहाँ आफन्त हात हल्लाइरहेका हुन्छन्, आँसुको सहाराले। कोलाहल नै कोलाहलबीच पनि शान्ति भेटिने यो ठाउँ, एउटा धार्मिक गन्तव्य त हो नै, साथसाथै हो आध्यात्मिक प्लेग्राउन्ड

। यो सब नियाल्दै, अस्तु बगाउँदै, कतिका ग्लानि बगाउँदै, कतिका पाप बगाउँदै, कतिका खुसी बगाउँदै सुसाइरहन्छ वागमती। एउटा सुन्दर क्यानभास, जसका रंग अस्तव्यस्त छन्, तर सुन्दर छन्, मिलेका छन्।

सम्बन्धित खबरहरु