काठमाडौं । भनिन्छ, पढाइले सानो ठूलो केही भन्दैन् । इच्छाशक्ति हुनुपर्छ उमेर कटे पनि पढ्न सकिन्छ भन्ने उदाहरण समय समयमा देख्न पाइन्छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिकामा आमा–छोराले एउटै विद्यालयमा अध्ययन गरिरहेका छन् ।

पुर्नवास नगरपालिकस्थित श्री जीवन ज्योती माध्यामिक विद्यादय आमा छोराले पढ्दै छन् । २७ वर्षको उमेरमा आमा कक्षा ७ मा पढ्छिन्, ११ वर्षिय छोरा कक्षा ६ मा पढ्छन् ।

आमा छोरा एउटै स्कुलमा पढ्दै आइरहेका छन् । कक्षा ८ पढ्दाखेरी नै पार्वती सुनारको विवाह भएको थियो ।

बैवाहिक जिवनमा बाधिन पुगेकी सुनारले अहिले आएर ११ वर्षको अन्तरालपछि कक्षा ७ बाट पुनः पढाई थालेकी हुन् । धेरै घरयासी कामहरु भएका कारण ११ वर्ष सम्म पढ्न नपाएको उनको दुःखेसो छ ।

उबेलाको सपना पुरा गर्न अहिले छोरासँगै पढ्न थालेको उनले बताइन् । छोराछोरी पढाउने उमेर आफू पनि पढ्न लागेको भन्दै केहि व्यक्तिहरुले आलोचना गर्ने गरेको उनले सुनाइन् ।

तर अरुको कुरा नसुनेर उनी छोरासँगै स्कुल गइरहेकी छिन् । उनी भन्छिन्, ‘छोरासँग हिड्न पाउँदा सबै पिर, चिन्ता हट्ने गर्छ ।

त्यसैले म छोराको साथ छोड्ने छैन् ।’ उनले पढाई जागिरको लागि नभई आफु कतै जाँदा ठगिनबाट वञ्चित हुन र शिक्षित हुनका लागि सुरु गरेकी हुन् ।

सम्बन्धित खबरहरु