काठमाडौं । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् ।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण धेरै बढेको पाइएको छ । अघिल्लो दिन ४४ हजार छ सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो ।

नयाँ केसहरूमध्ये, पाँच सय ६८ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४५ हजार तीन सय ५ जना कोरोनामुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ । यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ ।

सम्बन्धित खबरहरु