काठमाडौं । पाकिस्तानी सेनाले बेपत्ता सैन्य हेलिकप्टरको भग्नावशेष फेला पारेको छ । सेनाका अनुसार त्यसमा सवार सबै ६ अधिकारी र सैनिकको मृत्यु भयो ।

निधन भएका अधिकारीहरूमा १२ कोरका कमाण्डर लेफ्टिनेन्ट जनरल सरफराज अली पनि थिए । पाकिस्तानी सेनाले प्रारम्भिक अनुसन्धानमा खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको पाइएको जनाएको छ ।

यो हेलिकप्टर लसबेला, बलुचिस्तानमा बाढी पीडितका लागि राहत कार्यमा संलग्न थियो । सोमबार राति एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क विच्छेद भएपछि खोजी जारी थियो । त्यसका लागि पाकिस्तानी सेनाले अभियान पनि चलाएको थियो ।

यसअघि पाकिस्तानी सेनाको हेलिकोप्टर बेपत्ता भएको विषयमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले सेना प्रमुख जनरल कमर जावेद बाजवासँग फोनमा कुरा गरेका थिए । उनले हेलिकप्टरमा सवार ६ जना सैनिकको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका थिए ।

शाहबाज शरीफले लेफ्टिनेन्ट जनरल सरफराज अलीको प्रशंसा गर्दै उनलाई उत्कृष्ट अधिकारी र असल व्यक्ति भनेका थिए । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पनि ट्विट गर्दै घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै सकुशल फर्कने कामना गरेका थिए ।

सम्बन्धित खबरहरु