काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयकले विश्वबजारमा जाने नेपाली सामानलाई प्रमाणीकरण गरी विश्वसनीयता बढाउन टेवा दिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री बडूले नापतौलका क्षेत्रमा मुलुकमा समरूपता परीक्षण, निरीक्षण र गुणस्तरीयताका लागि विधेयक आवश्यक भएको बताउनुभयो ।

उहाँले नापतौलको गुणस्तर व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक पद्धति र आधुनिक प्रविधिको उपयोग गर्नेगरी विधेयक ल्याइएको जानकारी दिनुभयो ।

बैठकले सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित खबरहरु