bhattarai-oliकाठमाडौं, १८ माघ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले १० अर्ब दिए माओवादीले आन्दोलन रोक्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको प्रतिवाद गरेका छन् । डा. भट्टराईले ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा दिएका छन् ।

 संसारमा सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने कुख्यात सिद्धान्त ओलीको मौलिक आविस्कार नभएर दलाल तथा नोकरशाही पूँजीपति वर्गको पुरानै जानेमाने सिद्धान्तको भद्दा सुगा रटाइ मात्र भएको डा. भट्टराईले बताएका छन् ।

डा. भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन्-‘कागले आफ्नो नाउँ आफैं काढेर सार्वसाधारणलाई काग चिन्न बेलैमा मद्दत गरेकोमा ओली महोदयलाई सबैले धन्यवाद दिनैपर्छ कि ?’

baburamएमाले अध्यक्ष ओलीले शनिबार ५/१० अर्ब दिने हो भने संविधानसभा पनि खुल्ने र माओवादीले आन्दोलन पनि नगर्ने बताएका थिए ।

एमाओवादी नेता भट्टराईले ओलीको नेतृत्वमा पार्टी कसरी तीव्र गतिमा प्रतिगमनको मतियार बन्दैछ भन्ने बुझ्न एमाले नेताहरुलाई आग्रह गरेका   छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाओवादीलाई पैसामा बिक्ने पामर्टी भन्दै १० अर्ब दिए आन्दोलन रोक्ने दाबी गरेका थिए । ओलीले विगतमा २ अर्ब ३ करोड रुपैयाँ शहीद तथा बेपत्ताका परिवारलाई राहत दिने सहमति गरेपछि एमाओवादीले संसदका गरेको अवरोध हटेको ओलीले बताएका थिए ।

सम्बन्धित खबरहरु