काठमाडौं । मन्त्रालयका उपसचिव घुससहित पक्राउ परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका कार्यरत उपसचिव प्रमोद नेपाल पक्राउ परेका हुन् । उनलाई ६ लाख घुससहित पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लियो । उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने भनेर सो रकम घुस लिएका हुन् । काठमाडौंको होटेल अर्यालबाट नेपाललाई प्रकाउ गरिएको हो ।

अख्तियारका अनुसार उपसचिव नेपालको कारबाट श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ पनि बरामद भएको छ । उनी चढ्ने बा१झ ९९४६ नम्बरको कार खानतलासी गर्दा सो रकम फेला पारिएको हो ।

सम्बन्धित खबरहरु