काठमाडौं । आज साउन १७ अर्थात नेपालमा सबैभन्दा ठुलो र सबैभन्दा धेरै जनधनको क्षती गराएको सिन्धुपाल्चोकको पहिरो (जुरे पहिरो) गएको दिन ।

अहिलेसम्म जुरे पहिरो पीडितले राज्यबाट होइन, जनस्तरबाट संकलित सहयोग रकम समेत पाएका छैनन् ।

जनस्तरबाट संकलित रकम बैंकखातामा रोक्का गरिएको छ । उक्त रकम फुकुवा गराएको भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री मोहन बहादुर बस्नेत र माओवादी नेता तथा सभामुख अग्नि सापकोटाले जस लिने होडबाजी गर्नुभएको थियो ।

केही दिन अघिपनि यसको चर्चा थियो । तर त्यो रकम पीडितले नपाउने गरि फुकुवा गराएको प्रष्ट हुँदा पीडितहरु झनै चकित बनेका छन् ।

उक्त पहिरोमा १४५ जनाको एकै चिहान भएको थियो । कयौँ घर पुरिएका थिए । कोशी रोकिँदा ठूलो विपत्तिको सामना गर्नु परेको थियो ।

यति दुखद घटनामा समेत राजनीति गर्नेलाई जनताले मुल्यांकन पक्कै गर्नेछन् । मृतकप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल र पीडितसबैमा गहिरो समवेदना !!

 

सम्बन्धित खबरहरु