काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा मंगलबार मन्त्री र सचिवहरुसंगको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री देउवाले सरकारका कामहरुलाई प्रभावकारी बनाउदै जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले मुलुकको हितलाई सर्वोपरि हितमा राखि जनताको आकांक्षालाई पुरा गर्नका लागि काम गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै मुलुक चूनावको चरणमा प्रवेश गरकोले त्यहि अनुसारको तयारीका साथ अघि बढ्न समेत निर्देशन दिनुभएको प्रवक्ता कार्कीले बताउनुभयो ।
त्यस्तै बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि देउवाले निर्देशन दिनुभएको थियो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने अन्य मन्त्रीहरुले पनि संक्षिप्त रुपमा वर्तमान काम र भावी योजनाका बारेमा जानकारी गराएको प्रवक्ता कार्कीले बताउनुभयो ।