काठमाडौं । चिनियाँ चेतावनीबीच अमेरिकी संसदको तल्लो सदन अर्थात हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी अन्ततः ताइवानको राजधानी ताइपेई पुग्नु भएको छ ।

अमेरिकी नौसेना र वायुसेनाका २४ उन्नत लडाकु विमानहरूले न्यान्सीको विमानको सुरक्षा गरेका थिए ।

चीनको सरकारद्धारा सञ्चालित ग्लोबल टाइम्सले पेलोसीको विमान ताइवान गएको खण्डमा आफ्नो देशले सवार विमान उडाउने भन्दै धम्की दिएको थियो ।

त्यसपछि चिनियाँ वायुसेनाको विमानले पेलोसीको विमानलाई घेर्ने आँकलन भइरहेको थियो । तर चीनका ती धम्कीहरू मिथ्या साबित भए । पेलोसी ताइवान पुगेपछि चीनले फेरि अमेरिकालाई धम्की दिइरहेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार चीनले भनेको छ, ‘हामी लक्षित सैन्य कारबाही गर्नेछौँ ।’

चिनियाँ सेनाले ताइवान टापुमा पेलोसीको भ्रमणको प्रतिकार गर्न, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न लक्षित सैन्य कारवाहीको शृङ्खला सुरु गर्ने भन्दै चीनको रक्षा मन्त्रालयले बयान जारी गरेको छ ।

चीनको पूर्वी क्षेत्रीय कमाण्डले मंगलबार राति ताइवान नजिकै सैन्य अभियानको शृङ्खला सुरु गर्ने घोषणा गरेको हो ।

यसअघि अमेरिका, ताइवान र चीनले आफ्ना सेनालाई युद्धका लागि तयार रहन निर्देशन जारी गरेका थिए । तीनै देशले सेनालाई उच्च सतर्कतामा राखेका छन् ।

‘साउथ चाइना मर्निङ पोस्ट’ को रिपोर्टअनुसार सुरुमा केही हिचकिचाहट देखाएपछि अब जो बाइडेन प्रशासनले चीनसँग प्रत्यक्ष डिल (काबु) गर्ने तयारी गरेको छ । चीनले पेलोसीको विमान रोक्न हिम्मत गर्न सकेन ।

केही विज्ञहरूका अनुसार चीनले धम्की मात्र दिएको थियो । उसले अमेरिकासँग प्रत्यक्ष टकराव हुने कुनै पनि काम गर्ने छैन । जसकारण अहिले पनि अमेरिका त्यस क्षेत्रमा निकै शक्तिशाली भएको छ ।

ताइवान र अमेरिकाले तयार पारेको रिपोर्ट अनुसार अमेरिका र ताइवानको सेनाले चीनसँग डिल गर्ने तयारी गरेका छन् । चार अमेरिकी नौसेना युद्धपोतहरू उच्च सतर्कतामा छन् र ताइवानको समुद्री सीमामा गस्ती गरिरहेका छन् । ती युद्धपोतसँग एफ–६ र एफ–५ जस्ता उच्च प्रविधिका लडाकु जेट र मिसाइलहरू छन् । रिपर ड्रोन र लेजर गाइडेड मिसाइलहरू पनि तयारी अवस्थामा छन् ।

चीनले कुनै हस्तक्षेप गर्न खोज्यो भने अमेरिका र ताइवान मिलेर दुवैतर्फबाट आक्रमण गर्न सक्छन् । चीनले लामो दुरीका हुडोङ रकेट र ट्याङ्कलाई कारबाहीका लागि तयार राखेको बताइएको छ ।

यसको ताइवान स्ट्रेटमा अन्य सैन्य प्रतिष्ठानहरू पनि छन् । चीनले त्यसको प्रयोग गर्न सक्छ । अमेरिकी सेनाले यी गतिविधिहरूमाथि नजिकबाट नजर राखिरहेको छ । युएसएस रोनाल्ड रेगन युद्धपोत र आक्रमण जहाज उच्च सतर्कतामा छन्।

ताइवानमा रहेका अमेरिकी सैनिकले पेलोसीको भ्रमण हुनुभन्दा केही दिनअघि धेरै अमेरिकी सैनिक र सैन्य प्राविधिक विशेषज्ञ टोली ताइवान पुगेका केही सञ्चारमाध्यमले दाबी गरेका छन् ।

सैन्य भाषामा यसलाई जमीनमा बुट भनिन्छ। वास्तवमा, अमेरिकाले अब दक्षिण चीन सागर वा ताइवान स्ट्रेटमा चीनको कट्टरतालाई रोक्ने निर्णय गरेको छ। अमेरिकाले ताइवानमा आफ्ना सेनाहरू छन् वा छैनन् भन्नेबारे अहिलेसम्म स्पष्ट पारेको छैन । गत हप्ता पेन्टागनका प्रवक्तालाई यसबारे प्रश्न गर्दा उनले जवाफ दिन अस्वीकार गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार फेरि अमेरिकालाई धम्की दिएका छन् । उनले भने, ‘पेलोसीको भ्रमणमा राजनीति गरिरहेका अमेरिकीहरू आगोसँग खेलिरहेका छन् । उनीहरुले यसको मूल्य चुकाउनु पर्ने हुन्छ ।

यसको नतिजा राम्रो आउँदैन ।’ यसैबीच, इन्टरनेटमा लाखौं मानिसहरू अनलाइन ट्र्याकरहरू मार्फत क्वालालम्पुर छोडेर पेलोसीको विमान ताइपेई कहिले पुग्छ भनेर पत्ता लगाउन प्रयास गरिरहेका थिए ।

चीनले ताइवानलाई एक चीन नीति अन्तर्गत आफ्नो क्षेत्र मान्छ । यता, ताइवान आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा हेर्छ । चीनको लक्ष्य ताइवानलाई आफ्ना राजनीतिक मागहरूप्रति झुक्न र चीनको कब्जा स्वीकार गर्न बाध्य पार्नु हो ।

रोचक कुरा के भने अमेरिकाले पनि एक चीन नीतिलाई स्वीकार गर्छ, तर ताइवानमा चीनको कब्जा देख्न सक्दैन ।

बाइडेनले २ महिनाअघि भनेका थिए, ‘हामी एक चीन नीतिमा सहमत थियौं, हस्ताक्षर गर्‍यौं, तर बल प्रयोग गरेर ताइवानलाई जत्न सकिन्छ भन्ने सोच्नु गलत हो । चीनको यो कदम गलत मात्र होइन, यसले सम्पूर्ण क्षेत्रलाई नयाँ किसिमको युद्धमा धकेल्नेछ ।’

 

सम्बन्धित खबरहरु