काठमाडौं । पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ ।

पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिनुभयो ।

अहिले सडकमा हज्जारौ सवारी लाइनमा छन् । यसैले लेन अनुशासन पालना गरेन भने फेरी जामले तहसनहस हुनेछ । यसैले लेन अनुशासन पालना गरेर गुड्न अपिल गरिएको छ ।

सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम छ ।

लेन अनुशासन पालना गरेर गाडी चलाउन उहाँले आग्रह गर्नु भएको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न उहाँले जोड दिनुभयो ।

गएराति सडक खुल्दा पनि यसैगरी लेन अनुशासन पालना नगर्दा हिजो दिनभर रोकिएका सबै गाडी पार हुन पाएका थिएनन् ।

चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरि पहिरो खस्दा गएराति २ बजेदेखि सडक ठप्प भएको थियो ।

अस्ति सोमबार राति ११ बजेदेखि बन्द भएको सडक झण्डै २४ घण्टा पछि गएराति साढे १० बजे खुलेको थियो । तर, फेरि २ बजेतिर पहाडको ढिस्कोसहित पहिरो झरे पछि अबरुद्ध भएको थियो ।

सम्बन्धित खबरहरु