काठमाडौं । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले यतिवेला चीन र अमेरिका आमुन्ने सामुन्ने छन् । कुन बेला के हुन्छ भन्ने कुराको अनुमान लगाउन गाह्रो छ ।

यसबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यस सन्दर्भमा एक बयान जारी गर्नुभयो । नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास उहाँको छ ।

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान एक टिप्पणी गर्दै राजदूत यान्छीले यस्तो बताउनु भएको हो । स्वतन्त्र ताइवानको विषयमा नेपालले दृढतापूर्वक विरोध गरेको भन्दै उहाँले उच्च प्रशंसा पनि गर्नुभयो ।

उहाँका अनुसार चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ । यसलाई उहाँले नेपाल–चीन सम्बन्धको राजनीतिक आधार भएको कुरा पनि उल्लेख गर्नुभयो ।

चीन र नेपालले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेर समर्थन गरेको राजदूतको बुझाई रहेको छ । यान्छीले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर आउँदा दिनमा पनि नेपालले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु