काठमाडौं । बाढीले सप्तकोशी नदीको बाँध फुटेको छ । वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

बस्तीमा बाढी पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधबार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको जानकारी गराइएको छ ।

जसकारण क्रमश: सप्तरी र सुनसरीमा जोखिम पर्ने देखिएकाले तीन जिल्लामा सतर्कता अपनाइएको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ डुबानमा परिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नदीको धार पुरानो ठाउँमा फर्कने सम्भावना छ । उहाँका अनुसार मानवीय क्षति रोक्न निषेधित क्षेत्र घोषणा गरेर उद्धारको काम थालिएको हो ।

सम्बन्धित खबरहरु