काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले विश्व दुई धारमा विभाजित भएको छ । नेपाल ताइवानको स्वतन्त्रालाई समर्थन गर्दैन् ।

अमेरिका पनि ताइवानलाई फरक देश मान्दैन्, तर त्यसलाई स्वतन्त्र बनाउने बाटोमा लागेको आरोप लाग्न थालेको छ । यसबीच अमेरिकी सभामुखको विवादित भ्रमणले विश्व त्रासमा बसेको छ ।

यसबीच नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको विरोध गर्यो ।

बुधबार पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले एक विज्ञप्ति जारी गर्दै अमेरिकी प्रतिनिधि मण्डलको ताइवान भ्रमणको विरोध गर्नुभएको हो ।

विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको र पेलोसीको भ्रमण चीनको सम्प्रभुतामाथि ठाडो हस्तक्षेप भएको कुरा उल्लेख छ ।

अमेरिका आफैले ‘एक चीन नीति’ लाई स्वीकार गरेर ताइवानलाई चिनियाँ मुख्य भूमिबाट अलग गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको कुरा पनि उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभयो ।

अमेरिकाको पछिल्लो कदम संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणाविपरीत भएको पनि उहाँले स्मरण गराउनुभयो ।

पेलोसीको पछिल्लो भ्रमण विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका अन्य सम्झौताको मर्मविपरीत भएको उहाँको बुझाई रहेको छ । हेर्नुहोस् विज्ञप्ति

सम्बन्धित खबरहरु