काठमाडौं । दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।

घटनास्थलमा पन्ध्रवटा एम्बुलेन्सहरू घाइतेहरूलाई सोहाग पब्लिक अस्पतालमा लैजानका लागि पुगेका सोहागका गभर्नर तारेक अल–फिकीले सिन्ह्वालाई बताउनु भएको छ

प्रारम्भिक अनुसन्धानमा माइक्रोबस चालकले विपरित तर्फबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर ठक्कर दिन खोज्दा तीब्र गतिका कारण दुर्घटना भएको हो उहाँले थप जानकारी दिनुभएको छ ।

कमजोर सडक पूर्वाधार र ढिलो रूपमा लागू गरिएको ट्राफिक नियमहरूको कारण इजिप्टमा सडक दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ ।

पछिल्ला केही वर्षहरूमा, इजिप्टले आफ्नो सडक सञ्जाललाई स्तरोन्नति गरिरहेको छ, नयाँ सडक र पुलहरू निर्माण गरिरहेको छ, र ट्राफिक दुर्घटनाहरू कम गर्न पुरानाहरू मर्मत गरिरहेको छ ।
(रासस / सिन्ह्वा)

युक्रेनका राष्ट्रपति र नाटोका महासचिवबीच वार्ता
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नाटोका महासचिवबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नाटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ ।

मङ्गलबार उहाँहरुका बीचमा फोनवार्ता भएको थियो । वार्ताका क्रममा युक्रेनका राष्टपति जेलिन्स्किीले नाटो महासचिव जेन्स स्टोलटेन्बर्गलाई युक्रेनको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा उहाँले यसै वर्ष भएको ‘म्याड्रिड समिट २०२२’ मा भएको सहमति बमोजिम युक्रेनले हतियार प्राप्त गर्नुपर्ने विषयमा पनि स्मरण गराउनुभएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि केही महिनादेखि रुस र युक्रेनका बीचमा द्वन्द्व जारी रहेको छ । युद्धका कारण युक्रेनको आर्थिक अवस्था निकै कमजोर बन्दै गइरहेको बताइएको छ ।

त्यस कुराकानीका क्रममा राष्ट्रपति जेलिन्स्किीले युक्रेनले नाटो संगठन तथा नेटोका सदस्य राष्टहरुबाट ठूलो हतियारहरुको अपेक्षा गरिरहेको जानकारी दिनुभयो ।

स्पेनको राजधानीमा हालै भएको ‘म्याड्रिड समिट २०२२’ मा युक्रेनलाई हातहतियारका साथै इन्धन, सञ्चार प्रविधिमा सहयोग गर्ने सहमति भएको थियो ।

सम्बन्धित खबरहरु