काठमाडौं । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ ।

पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धार गरिएको छ । बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसीको अस्थायी बाँध फुटेको थियो ।

सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।

सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

सप्तकोशीको श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । उनीहरुलाई सुरक्षाकर्मीको टोलीले उद्दार गरेको छ ।

https://youtu.be/gn6d346C9qU

सम्बन्धित खबरहरु