काठमाडौं । नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरुले पुन माइतिघरमा धर्ना दिएका छन् ।

यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगीत गरेर घर फर्केका उनीहरुले पुन: काठमाडौंको माइतिघरमा धर्ना दिएका हुन् ।

सरकारसंगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरुले जनाएका छन् ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाईमा भएका धर्नामा सहभागीहरुले भूमिहीन बनाइएका किसान–मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

नवलपरासी सुस्ताबाट धर्नामा आएका रामसुवक मुसहरले यसअघि गृह मन्त्रालयसंगको छलफलपछि घर फर्केपनि आफुहरुको समस्या समाधान हुन नसकेको बताउनुभयो । जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै दोश्रो पटक धर्ना बस्नुपरेको उहाको भनाई छ ।

पीडितहरुले भूमिहीन बनाइएका किसानहरुको जमिन फिर्ता गरि कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपुर्ति सहित फिर्ता गर्नुपर्ने जनाएका छन् ।

https://youtu.be/TBs9N7vi5rM

सम्बन्धित खबरहरु