काठमाडौं । मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी चढेको हल्लापछि तनाव भएको छ ।

काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना मिलेको थियो ।

त्यसपछि सबै यात्रु ओरालेर जाँच गर्न थालिएको हो । कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

जहाजमा १४१ जना यात्रु छन् । सो विमानमा सवार एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जानकारी गरायो ।

सुरक्षा खतरा भन्दै रोकिएको नेपाल एयरलायन्सको विमान मुम्बई उड्यो

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकका अनुसार हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरेको हो ।

प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे ह्वाट्सएपमा जानकारी मिलेको थियो । एक उच्च श्रोतका अनुसार सुन तस्करीमा संलग्न शंकास्पद एक व्यक्ति विमानमा चढेको भन्ने सूचना मिलेको थियो ।

सम्बन्धित खबरहरु