काठमाडौं । आज दिउँसो काठमाडौंबाट १४१ यात्रु लिएर भारतको मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमान रोकिएको थियो ।

चेकजाँजपछि सो विमान त्यसतर्फ प्रस्थान गरेको छ । जानकारी अनुसार विमानमा अधिकांश यात्रु सुनचाँदी व्यवसायी संघका पदाधिकारी रहेको खुलेको छ ।

संघकै एक जनाविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना प्रहरीलाई मिलयो । त्यसपछि केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले उड्नै लागेको विमानमा सुरक्षा खतरा रहेको भन्दै जेकजाँच गर्यो ।

चेकजाँचका क्रममा कैलाली प्रहरीमा उजुरी परेका एक जनालाई सिआईबीले नियन्त्रमा लिएको छ ।

श्रीमानसँगै मुम्बई जान लागेका शंकास्पद् व्यक्ति पक्राउ परेपछि श्रीमती पनि मुम्बई गइनन् । प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएपछि उनको श्रीमती पनि जान्न भनेर नगएकी हुन् ।

काठमाडौंबाट १४१ यात्रु लिएर मुम्बई जान लागेको विमानमा आतंकवादी चढे

अहिले विमान मुम्बई प्रस्थान गरिसक्यो । सिआईबीले शंकास्पद् व्यक्तिमाथि अनुसन्धान थालेको जानकारी गरायो ।

उजुरी परेका व्यक्तिलाई विमानबाटै नियन्त्रणमा लिएर अनुसन्धान हुँदैछ । प्रहरीका अनुसार विमानमा भ्रमण उद्देश्यले मुम्बई जान लागेका ४९–५० जना सुनचाँदी व्यवसायी संघकै पदाधिकारीहरु सवार थिए ।

सम्बन्धित खबरहरु