काठमाडौं । सत्ता गठबन्धनले निर्वाचनको मिति तय गरेको छ । गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने भएको हो ।

सत्ता गठबन्धनका नेताहरु सो मितिमा निर्वाचन गर्न सहमत भएका हुन् । प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने कुरामा सहमति जनाएको हो ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंसिर ४ गते चुनाव मिति तोक्ने सहमति भएको जानकारी गराउनुभयो । उहाँका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने छ ।

चुनावका विषयमा गठबन्धन दलबीच सहमति जुटेको बताउँदै उहाँले अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु