काठमाडौं । इन्डोनेसियामा आयोजना हुने एशिया रग्वी सेभेन्स ट्रफिमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुलाई विदाई गर्नुभएको हो ।

इन्डोनेसियाको जकार्तामा अगष्ट ६ र ७ मा हुने प्रतियोगीताका लागि नेपाल रग्वी संघको १२ सदस्यीय राष्ट्रिय महिला टोली तथा ६ जना अफिसियलहरु त्यसतर्फ जानेछन् ।

नेपाली टोलीको टीम क्याप्टेन एलिसा थापा रहेकी छिन् । बिदाई कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले उच्च मनोवलका साथ उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

प्रतियोगीतामा नेपालका साथै भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मंगोलिया र गुवाम देशका महिला खेलाडीहरुले भाग लिनेछन् । प्रतियोगीता राउण्ड रोविन आधारमा खेलाइने रग्वी संघले जानकारी दिएको छ ।

https://youtu.be/94MLZfsfWe8

सम्बन्धित खबरहरु