काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको बताउनुभएको छ ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक केही नभएको जिकिर गर्नुभयो ।

पौडेलले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिष्ट आन्दोलन कमजोर बनेको पनि बताउनुभयो । उहाले अग्रज नेताहरुको त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको समेत औल्याउनुभयो ।

कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना लगाएतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।

सम्बन्धित खबरहरु