काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले भारतको मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार सन्तोष लामिछाने नाम गरेका सुन व्यवसायी पक्राउ परेका हुन्। उनी सुन व्यवसायी रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

सुनचाँदी व्यवसायी संघका पदाधिकारीसँगै लामिछाने पनि श्रीमतीसहित मुम्बई जान लागेका थिए।

उनीविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना पाएपछि सिआईबीको टोलीले उड्नै लागेको विमान नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।

विमानमा अधिकांश सुनचाँदी व्यवसायीहरु रहेको प्रहरीको भनाइ छ। उनीहरु मुम्बई भ्रमणमा जान लागेको स्रोतको भनाइ छ।

मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानमा शंकास्पद् व्यक्ति रहेको सूचना पाएका थियौं। उनीविरुद्ध कैलाली प्रहरीमा जाहेरीसमेत परेको रहेछ।

उड्नै लागेको विमानलाई नियन्त्रमा लिएर सन्तोष लामिछानेलाई नियन्त्रमा लिएका छौं। थप अनुसन्धान गरिरहेका छौं, प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ ।

आज दिउँसो उड्नै लागेको विमानमा आतंकवादी रहेको भन्दै हल्ला फिजाइएको थियो । विमानमा आतंकवादी रहेको भन्दै चेकजाँच गर्न रोकियो भन्दै सूचना बाहिर आएपछि मिडियाले त्यही समाचार प्रकाशन प्रसारण गरेका थिए ।

सम्बन्धित खबरहरु