काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मंसिरमा प्रदेश र संघको निर्वाचन गर्ने बिषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा चूनावको तयारी र मितिका बारेमा छलफल भएको हो ।

कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन र तालमेलका बारेमा छलफल भएको र चूनावमा गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने बिषयमा सहमति भएको बताउनुभयो ।

गठबन्धनको बैठक शुक्रबार बिहान पुन बस्ने र निर्वाचनका बिषयमा निष्कर्षमा पुगिने उहाले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले मंसिर ४ गर्ने निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको र दलका नेताहरूले आ–आफ्ना दलमा छलफल गर्ने बताएको नेताहरुले जनाएका छन् ।

त्यस्तै गठबन्धनमा चूनावको मिति घोषणा गरेपछि संसदको अधिवेशन के गर्ने भन्ने बिषयमा पनि छलफल भएको बताइएको छ ।

सम्बन्धित खबरहरु