काठमाडौं । अहिले एउटा अमानवीय घटनाले स्तव्ध बनाएको छ । विश्वभरी छरिएका पशु प्रेमीहरुले उक्त भिडियो हेरेर आँशु बगाइरहेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ४ मा हिजो एक महिलाले घर नजिकै एउटा कुकुरलाई सुतिरहेको अवस्थामा भकाभक खुँडाले काटिन् । खुँडाको प्रहारमा कुकुरको त्यही मृत्यु भयो ।

काट्नुभन्दा अगाडि उनले कपडाले आफ्नो कम्मर बेस्सरी कस्छिन् । त्यसपछि सुतिरहेको कुकुरमाथी खुँडा प्रहार गर्न थाल्छिन् । अनि एउटा कपडाले बाँधेर सडकमा घिसार्दै लगेर सडक छेउमा पुर्छिन् ।

उक्त घटनाको सीसीटीभी भिडियो आएपछि सबै मानिस स्तब्ध भएका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनाले म निःशब्द छु ! भन्दै उक्त महिलाको अनुहार नै चिन्नेगरी भिडियो र तस्वीर पोष्ट गर्नुभएको छ ।

तर हामीले यहाँ अनुहार भने छोपिदिएका छौ । उक्त महिलाले कुकुरले आफ्नी छोरीको हातमा टोकेका कारण रिस थाम्न नसकेको बयान दिएकी छिन् । उनका साना छोरा र छोरी रहेको देखिन्छ ।

घटनापछि प्रहरीले आज उनलाई पक्राउ गरेको छ । पक्राउ गरेर आज एक दिन थुनामा राख्ने र थप कारबाहीका लागि प्रक्रिया अघि नबढाउनेगरी स्थानीयले उनलाई जिम्मा लगाएका छन् ।

बच्चा साना भएका कारण थप कारबाही गर्नबाट छुट दिएको तर सचेतनका लागि प्रर्दशन गर्ने स्थानीयको तयारी छ । एक फेसबुक प्रयोगकर्ताले लेख्नुभएको छ । एउटा महिलालाई यति पनि रिस उठ्ने रहेछ । हिजो कुकुर मार्ने ले भोलि मान्छे मार्न बेर लाउदैन ।

उसलाई आज एकरातको जेल सजाय त भयो । उसको सानो–सानो बच्चा देखेर उसलाई एकरातको मात्रै सजाय दियौँ । जनावर प्रेमी हुनुहुन्छ भने भोलि १० बजे बालाजु चौकीमा आइदिनु होला ।

यो पोष्ट अनुसार उनी बालाजु प्रहरी चौकीमा रहेको खुल्न आउँछ । त्यहाँ पशु प्रेमीहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । पशुलाईपनि प्रेम गरौँ । भन्ने सन्देश फैलाउँन प्रदर्शन गर्न लिएको बुझिएको छ ।

 

सम्बन्धित खबरहरु