काठमाडौं । हाम्रो देश भुगोलमा सानो भए पनि यसको सुन्दरताका अगाडि कोही टिक्न सक्दैनन् ।

प्रकृति, धर्म, संस्कृति जस्ता कुराले गर्दा विदेशी पर्यटकहरू नेपाल आउँन रुचाउँछन् ।

सुन्दर हिमाल, पहाड, तराईका फाँट र विभिन्न झरना हेर्न नेपाल पुग्नुपर्छ । नेपाललाई लिएर विश्वभरका देशका मानिसहरु राम्रो कुरा बोल्न चाहान्छन् ।

सामाजिक सञ्जालमा एक भिडियो भाइरल हुँदैछ, जहाँ पाकिस्तानी जनताले नेपालबारे धेरै कुराहरु बोलेका छन् । एक करिब १० वर्षका पाकिस्तानी बच्चाले आफूलाई नेपाल सुन्दर लाग्ने बताए ।

उनलाई नेपालको धेरै माया लाग्छ । अर्को एकजनाले भनेका छन, ‘म नेपाललाई माया गर्छु, नेपालमा विभिन्न जातजाति भए पनि नेपालीहरु मिलेर बसेकोले मलाई खुःशी लाग्छ ।

नेपालीहरुले पनि पाकिस्तानलाई माया गर्नेमा म विश्वस्त रहेको छु ।’ पाकिस्तानी महिलाले नेपाली पुरुषलाई मन पराउँछन् । नेपाल सानो भए पनि निकै राम्रो रहेको धेरैको बुझाई रहेको छ ।

नेपालमा बस्ने मानिसहरु आफूलाई राम्रो लाग्ने र मनाउने चाडपर्व निकै रोचक भएको पनि धेरैले बताए । नेपालको झण्डा धेरै सुन्दर रहेको, बताउँदै नेपाली खाना दाल, भात, तरकारी गज्जब लाग्ने बताए ।

एक युवकले भने, म नेपाल गएको छु । त्यहाँको प्राकृतिक सुन्दरता हेर्दा लाग्छ, स्वर्ग भन्ने एक टुक्रा यही हो । भारतसँग नजिक भए पनि नेपाललाई उनीहरु दुश्मनका रुपमा हेर्दैनन् ।

सम्बन्धित खबरहरु