काठमाडौं । नेपाली फिल्म पहिलो पटक भारतभर प्रर्दशनमा आएको छ ।

‘प्रेमगीत ३’ले रेकर्ड राख्दै भारत र नेपालमा एकसाथ प्रर्दशनमा आउँने पहिलो चलचित्र बनेको हो ।

पहिलोपटक भारतको मुम्बईमा पत्रकार सम्मेलन गर्दै फिल्म निर्माता टीमले नेपाली चलचित्रको छवी माथि पुर्याएको छ ।

मुम्बईको एक रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलनमा निर्देशक सन्तोष सेन, कलाकारहरु प्रदीप खड्का र क्रिस्टिना गुरुङ भारतीय सञ्चारमाध्यमबाट घेरिए । नेपाली कलाकार देखेर भारतीय पत्रकारहरु नै लोभिए ।

यति राम्रा र ट्यालेण्ट कलाकार हुँदा हुँदै नेपाली चलचित्र क्षेत्र किन पछाडि परेको होला भनेर उनीहरुले जिज्ञासा राखेका थिए ।

अभिनेता खड्काले भारतमा फिल्मको प्रचार अभियान सुरु भएको भन्दै नेपाल र भारतबीच खुला सीमानासँगै खुला हृदय भएको पनि भएको बताए । ‘नेपाल र भारतबीच खुला सीमा मात्र छैन, हामीसँग खुला हृदय पनि छ,’ प्रदीपले भने ।

पत्रकार सम्मेलनमा अभिनेत्री क्रिस्टिना गुरुङले फिल्मको कथावस्तुले नेपाल र भारतलाई जोड्ने भन्दै दर्शक मुलुकका दर्शकले रुचाउने बताइन् । निर्देशक सेनले भारतमा नेपाली फिल्मको बजार खोज्न ‘प्रेमगीत ३’ले भूमिका खेल्ने बताए ।

असोज ७ गते फिल्म नेपाल र भारतसहित विश्व बजारमा रिलिजको तयारीमा छ । जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले फिल्मलाई भारतमा रिलिज गर्न लागेका हुन् ।

अहिले दिल्ली र मुम्बईका सडकमा समेत फिल्मको होर्डिङ बोर्डसहित प्रचारप्रसार सुरु भएको छ । हल रिलिजको आठ सातापछि यो फिल्म अमेजन प्राइममा समेत रिलिज हुने भएको छ ।

सम्बन्धित खबरहरु