काठमाडौं । एक जना सांसदको मागले अहिले गृह मन्त्रालयनै चकित बनेको

जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले आफू सांसद भएकाले आफूलाई आजीवन पीएसओ दिनुपर्ने माग राख्नुभयो ।

राति आफ्नो घरको गेटभित्र बम पड्किएको भएकाले सुरक्षा चुनौती भएकाले अब जीवभर प्रहरीको सुरक्षा गार्ड चाहिएको उहाँको भनाई छ ।

प्रतिनधिसभाको शून्य समयमा बोल्दै उहाँले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गर्नुभयो । उहाँले सुरक्षाको कारण दखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग राख्नुभयो ।

उहाँले भन्नुभयो, मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभरि देश र समाजको लागि सेवा गरेवापत म सँग प्रशांसापत्र र प्रमाणपत्रको थुप्रो छ ।

हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरुले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए ।

झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखेँ । तर, अँध्यारो भएकोले चिन्न सकिन । महाराजगञ्जको थानाको नम्बर खोजेर फोन गरेँ, माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ ।

कम्पाउण्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो ।

अतः म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।

यता प्रहरीले भने, सांसदको घरमा बम पड्किएको प्रहरी संयन्त्रमा सूचना नै नआएको दावी गरेको छ ।

सम्बन्धित खबरहरु