काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ अहिले माल्दिभ्समा छुट्टी मनाउँदै छन् ।

उनी आमा र प्रेमिकालाई लिएर छुट्टी मनाउँन माल्दिभ्स पुगेका हुन् । लिग सकिएपछि परिवारसँग छुट्टीको समय विताउँन उनी त्यहाँ पुगेको खुल्न आएको हो ।

भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन सिटौला र आफ्नी आमासँग छुट्टी मनाइरहेका छन् ।

उनले माजियाबाट लिग जितेपछि पुरस्कार समारोहमै प्रेमिकालाई विवाहको प्रस्ताव राखेका थिए ।

उनले होलिडे बिगेन्स भनेर जीवनको माया र नजिकको साथी भेटिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् ।

विदेशी स्टार खेलाडीले यसरी जीवन विताएको देखिएपनि नेपाली खेलाडीको यस्तो दिन देखिएको थिएन ।

यो सन्र्दभमा किरण नै पहिलो बनेका छन् । विहे नगर्दै आमासँग प्रेमिका लिएर विदेशमा छुट्टी मनाउँने उनी नै पहिलो खेलाडी हुन् । उनीहरु चाँडै विहे गर्ने संकेत भने देखिएको छैन ।

सम्बन्धित खबरहरु