काठमाडौं । श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण गरिएको छ । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजले आपतकालीन अवतरण गरेको हो ।

९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको जानकारी गराइएको छ । वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज फिर्ता भएको थियो ।

त्यसपछि पुन: नेपालगञ्ज विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गर्नु परेको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

कार्यालयले जहाज सुरक्षित अवतरण भएको जानकारी गरायो । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु सवार रहेका थिए ।

सम्बन्धित खबरहरु