काठमाडौं । सरकारले आज आगामी निर्वाचनको मिति तोक्ने भएको छ । निर्वाचनको मिति तोक्न आज दिउँसो मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्न लागेको छ । बुधबार सत्ता गठबन्धनबीच आगामी मंसिरमा निर्वाचन गर्ने सहमति भएको थियो ।

सोही अनुसार आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे निर्णय गर्न सक्छ ।

सत्तारुढ दलहरु आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सहमतिमा पुगेका छन्, सोही अनुसार आज मिति तोक्ने सरकारको तयारी छ ।

मंसिरमा प्रदेश र संघको निर्वाचन

यता, निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो । चुनावको मिति घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको तर्क छ ।

सम्बन्धित खबरहरु