काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम नेपालको गण्डकी र सदुरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा हुँदैछ ।

बुधबार राति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भयो । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन भएको पूर्वानुमान महाशाखाको तथ्याङक छ ।

बिहीबार दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहे पनि गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेछ ।

सम्बन्धित खबरहरु