काठमाडौं । नेपालमा एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । काठमाडौंबाट बुधबार साँझ एक चिनियाँ नागरिक अपहरित भएका हुन् । अपहरण कार्यमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले सबैलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले यसको पुष्टि गर्नुभयो । उहाँका अनुसार चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगिएको थियो ।

सोही अभियोगमा ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध म्याद थप गरेर विस्तृत विवरण सार्वजनिक गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

पक्राउ पर्ने सबै नेपाली नागरिक हुन् । अपहरणपछि एक करोड रुपैयाँ फिरौती मागेको कुरा पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित खबरहरु