काठमाडौं । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेपछि चीनले आजदेखि आसपासका क्षेत्रमा सैन्य कारबाही सुरु गरेको छ । ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ ।

चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा लामो दूरीको गोलाबारुद प्रहार गरिने जानकारी गरायो ।

ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ । यससँगै छिमेकी मुलुक जापान र फिलिपिन्ससँग वैकल्पिक हवाई रुटका लागि पनि छलफल भइरहेको छ ।

चीनको चेतावनीको बाबजुद सभामुख न्यान्सी पेलोसी मंगलबार ताइवान पुगिन् । उनी बुधबार ताइवानका राष्ट्रपति साइ इङ वेनलाई भेटेर अमेरिका प्रस्थान गरेकी हुन् ।

यस मामिलालाई शान्त पार्न जी–७ समूहका देशका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै चीनको कारबाहीले क्षेत्रमा अस्थिरताको जोखिम बढाएको बताएका छन् । जी–७ समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका छन् ।

अमेरिकी सभामुख कयौँ लडाकु विमानले घेरिएर ताइवान पुग्दा चीन अमेरिका युद्ध नजिक

ताइवानमा भ्रमणको बहाना बनाएर नीले आक्रामक सैन्य गतिविधि सञ्चालन गर्नुको कुनै औचित्य नहुने कुरा विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा देशका सांसदहरू नियमित रूपमा अन्तर्राष्ट्रिय यात्रा गर्छन् र यो सामान्य हो ।’

चीनले ताइवानलाई चारैतिरबाट घेरेपछि अमेरिकाले के भन्यो ?

पेलोसी २५ वर्षमा पहिलो पटक ताइवान भ्रमण गर्ने पहिलो उच्च अमेरिकी अधिकारी हुन् । चीनले उनलाई यो यात्रा नगर्न चेतावनी दिएको थियो ।

ताइवानको चित्कार : २१ चिनियाँ सैन्य विमान हाम्रो वायु रक्षा क्षेत्रमा छिरे

चीन ताइवानलाई आफ्नो क्षेत्र मान्छ, त्यसको स्वतन्त्रताको विरोध गर्दछ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले ‘तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको’ आरोप लगाएका छन् ।

अमेरिकी सभामुखको ताइवान भ्रमण, नेपालको नाम जोडेर चीनले दियो बयान

उनले भने, ‘आगोसँग खेल्नेको अन्त्य राम्रो हुँदैन्, चीनलाई उक्साउनेमाथि कारबाही हुन्छ ।’ ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले केही मिसाइल प्रक्षेपण गरेको खबर पनि आइरहेका छन् । चीनले अहिले ताइवानलाई चारैतिरबाट घेरा हालेको छ ।

सम्बन्धित खबरहरु