काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन एकसाथ हुने भएको छ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

 

यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरेको थियो । तर आयोगले तोकेभन्दा दुई दिनपछि अर्थात मङ्सिर ४ गते निर्वाचन गर्ने गरी सरकारले मिति घोषणा गरेको छ ।

सत्ता गठबन्धनबीच निर्वाचनबारे सहमति, मन्त्रिपरिषद्ले मिति तोक्ने

यसअघि बुधबार सत्ता गठबन्धनका नेताहरुबीच नै ४ गते निर्वाचन गर्ने सहमति भैसकेको थियो । सोही आधारमा सरकारले आज मिति तोकेको हो ।

सम्बन्धित खबरहरु