काठमाडौं । ताइवान तनावबीच अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) को मन्त्रीस्तरीय बैठकका क्रममा उहाँहरुका बीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताहरु कम्बोडियामा हुनुहुन्छ ।

आफूहरुको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन् ।

अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिनु भएको छ ।

उहाँहरुले खुल्ला तथा स्वतन्त्र इन्डोपेसेफिक र श्रीलङ्का सङ्कटका बारेमा पनि छलफल गर्नु भएको जनाइएको छ ।

“मेरो लामो समयदेखिको साथी, भारतका विदेश मन्त्री एस जयशंकरसँग राम्रो भेटवार्ता भयो, हामीले समसामयिक र साझा चासोका विविध विषयमा छलफल गरेका छौँ, सहकार्यलाई बलियो बनाउने बारेमा पनि कुराकानी भयो,” ब्लिन्केनले भन्नुभयो ।

भारतका विदेश मन्त्री जयशंकर विदेशमन्त्रीका रुपमा १२औँ देशको भ्रमण गर्ने क्रममा बुधबार कोलम्बिया पुग्नु भएको हो ।

आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, भियतानमलगायतका देशहरु पर्दछन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन लगातार ताइवान आसपास सैन्य गतिविधि बढाउँदैछ । यसबीच भारतको पनि चीनसँग सीमा विवाद जारी रहेको छ । यस्तो बेला दुई देशका विदेशमन्त्रीबीच भएको भेटलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

सभामुख पठाएर अमेरिकाले चीनको सम्प्रभुतामाथि ठाडो हस्तक्षेप गर्यो : नेमकिपा

सम्बन्धित खबरहरु